अन्तर पालिका महिला तथा पुरुष भलिवल प्रतियोगीता हुने
अन्तर पालिका महिला तथा पुरुष भलिवल प्रतियोगीता हुने
गोरखा ः प्रथम अन्तर पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने भएको छ ।
चैत २७ देखि ३० गते सम्म हुने प्रतियोगीतामा ११ पालिकाको महिला तथा पुरुष भलिवल टिमले सहभागीता जनाउने छन् । जिल्ला भलिवल संघको आयोजनामा सदरमुकामको हरमटारी खेलकुदमैदानमा प्रतियागीता हुन लागेको हो ।
स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिता हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरि जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने महिला ÷पुरुष टिमले ७०÷७० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमश ४० हजार, २५ हजार र १५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागत पुरस्कारहरु सर्बोकृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट डिफेन्डरले दुइ हजार, उत्कृष्ट सेटरले दुइ हजार, उत्कृष्ट ब्लकर दुइ हजार, उत्कृष्ट सर्भर दुइ हजार, उदयमान खेलाडीले दुइ हजार, उत्कृष्ट स्पाईकरले दुइ हजार र उत्कृष्ट प्रशिक्षकले दुइ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिताको लागि भने दस हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगिता संचालन गर्न १२ लाख ५३ हजार लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय खेल भलिवल समुच्चिच विकास गर्ने, खेलकुदको माध्यमबाट युवाहरुलाई परस्पर सकरात्मक अनुभव आदान प्रदानमा प्रतियोगिताले सघाउने विश्वास लिइएको छ ।
दक्ष खेलाडी उत्पादनमा पनि प्रतियोगीताले सघाउने संघका अध्यक्ष कृष्ण गुरुङले बताए । नेपालको राष्ट्रिय खेल भलिवललाई चलायमानबनाउन पनि प्रतियोगीताले सघाउने अपेक्षा लिइएको छ । उत्कृष्ट खेलाडीलाई जिल्ला, क्षेत्र स्तरीयमा हुने प्रतियोगीतामा सहभागी गराउन पनि सम्वन्धीत निकाय सँग पहल गर्ने आयोजकले जनाएको छ ।