प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा गोरखाका खेलाडीलाई १६ पदक
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा गोरखाका खेलाडीलाई १६ पदक
आगामी बर्षको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड गोरखामा हुने
गोरखा ः गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा गोरखाबाट सहभागी भएका खेलाडीले १६ पदक हात पारेका छन् ।
महिला तर्फ लङ्गजम्प, पुरुष तर्फ त्रिपल जम्प र करातेमा गरि तिन स्वर्ण पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिं वस्नेतले जानकारी दिए ।
एथलेटिक्समा दुइ, करातेमा तिन, तेक्वान्दोमा एक गरि ६ वटा रजत पदक जिल्लाबाट सहभागी भएका खेलाडीले प्राप्त गरेका छन् । त्यस्तै एथलेटिक्समा तिन, करातेमा तिन, तेक्वान्दोमा एक गरि ६ वटा कास्य पदक प्राप्त गरेको वस्नेतले जानकारी दिए ।
फागुन ११ गतेबाट तिन दिन सम्म नवलपुरको कावासोतीमा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट ६ विधाका खेलमा एक सय जनाले सहभागीता जनाएका थिए ।
प्रदेश स्तरीय रनिङ शिल्ड प्रतियोगिताबाट गोरखा जिल्लाका १३ जना खेलाडी यहि २८ देखि ३० गते सम्म हुने राष्ट्रिय स्तरको प्रतियोगीतामा भाग लिनका लागि छनौट भएको पनि वस्नेतले जानकारी दिए ।
त्यस्तै २०८१ सालको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता गोरखामा हुने भएको छ । अध्यक्ष वस्नेतले आगामी वर्षका लागि गोरखामा प्रतियोगीता आयोजना गर्न रनिङ शिल्डको झण्डा लिएका छन् ।