जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
गोरखा ः जवरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
१२ वर्षिय बालिकालाई करणी गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका–१्र८ घर भइ हाल काठमाडौँ महानगरपालिका–४ वालुवाटार वस्ने ३२ वर्षिय प्रदिप लामा लोप्चन पक्राउ परेका हुन् ।
माघ २१ गते काठमाडौबाट भगाई गोरखाको पालुङटार नगरपालिका–५ ल्याएर उनले जवरजस्ती करणी गरेको पिडितका आफन्तले दिएको जाहेरी दरखास्तमा उल्लेख छ ।
बालिकालाई आरोपितले फागुन १ गते देखि ६ गते सम्म पटक÷पटक जवरजस्ती करणी गरेको भन्दै पिडितका आफन्तले जिल्ला प्रहरी परिसर, महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालिमाटी काठमाडौमा जाहेरी दरखास्त दिएका थिए ।
सोहि जाहेरीका आधारमा फागुन १२ गते आरोपित लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई जाहेरी दरखास्त सहित काठमाडौ प्रहरीले गोरखा पठाएको छ ।
सोमबार आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्ती करणी कसुर शिर्षकमा मुद्र्धा दर्ता गरि जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।