गोरखाका एक युवा युक्रेनको नियन्त्रणमा ः स्वेदश फिर्ताको पहल गरिदिन माग
गोरखाका एक युवा युक्रेनको नियन्त्रणमा ः स्वेदश फिर्ताको पहल गरिदिन माग
गोरखा ः युक्रेनको नियन्त्रणमा रहेका आरुघाट गाउपालिका–१० खत्रीस्वाँराका इश्वर लामिछानेलाई स्वदेश फिर्ताका लागि पहलका गरिदिन जनप्रतिनिधि र परिवारका सदस्यले प्रमुख जिल्ला अधिकारी समक्ष माग राखेका छन् ।
साउन १० गते रुस पुगेका लामिछाने सेनामा भर्ति भएका थिए । सेनामा भर्ति भएपछि असोज २२ गतेबाट लामिछाने परिवारको सम्पर्कमा थिएनन् ।
फागुन १२ गते न्यूज २४ टेलिभिजनले प्रसारण गरेको भिडियो अन्तवार्तामा लामिछाने युक्रेन नियन्त्रणमा रहेको थाहा पाएपछि परिवारका सदस्यले स्वदेश फिर्ताको पहल थालेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मार्फत गृह र परारष्ट्र मन्त्रालयमा स्वदेश फिर्ताका लागि पहल गरिदिन भनिएको आरुघाट गाउँपालिका–१० का वडा अध्यक्ष सन्जीत श्रेष्ठले बताए ।
‘युक्रेनको नियन्त्रणमा रहेको थाहा पाएपछि हामीले निरन्तर स्वदेश फिर्ताको पहल थालेका छौँ,’ उनले भने,‘आज सिडिओलाई भेटेर भन्यौ, एक÷दुइ दिनमा काठाडौ पुगेर पनि पहल थाल्छौँ ।’
परिवारका सदस्यले पनि इश्वरलाई स्वदेश फिर्ताका वडा, प्रशासन लगायतका सरोकार राख्ने कार्यालय पुगेर पहल गरिरहेका छन् ।
सोमबार वडा अध्यक्ष सञ्जीत श्रेष्ठ, वडा सदस्य गम मायाँ सुनार, स्थानीय राजु गुरुङ, दिपक कार्की तथा परिवारका सदस्य प्रजिअलाई भेट्न सदरमुकाम आएका थिए ।
प्रजिअ भोल दाहालले पनि लामिछानेलाई स्वदेश फिर्ताका लागि सक्दो पहल गर्ने बताएको परिवारका सदस्यले बताए ।