अख्तियारमा गोरखाको ७० वटा उजुरी

अख्तियारमा गोरखाको ७० वटा उजुरी


मङ्लबार, फाल्गुन १५, २०८०


अख्तियारमा गोरखाको ७० वटा उजुरी

गोरखा ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखाको ७० वटा उजुरी परेको छ ।

ति मध्ये ५१ उजुरी माथि छानविन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले बताए । गत आर्थिक वर्ष ३४ र चालु आर्थिक वर्ष ३६ उजुरी अख्तीयारमा परेको छ ।



ति मध्ये १९ उजुरीको भने फर्छौट भएको उनले बताए । मनकामना मन्दिरमा भक्तजनबाट विना स्वीकृत दैनिक चन्दा रकम असुली भएको, शहिदका नाममा करोडौ खर्च गरेर वनेको पार्क र भवन संरचना लथालिंग रहेको भन्दै अख्तीयारमा उजुरी परेको छ ।

भूकम्प पीडितको नाममा वैकल्पिक वासस्थान भएकालाई पनि राहत वितरण भएको तथा जालसाजी गरी जग्गाहरुको किर्ते नक्सा वनाइएको, सार्वजनिक जग्गाको विषयमा पनि उजुरी अख्तियारमा परेको छ ।

त्रिशुली नदी वारपार गर्ने पृथ्वीराजमार्ग चुमुखोला र गोरखाको वुटार जोड्ने निर्माणाधिन वेलिव्रीज अलपत्र परेको, बारपाक–लाप्राकको १३.१४ किलोमिट सडक ग्रावेल गर्ने कम सम्पन्न नभइ अलपत्र रहेको, ११ किलो छेवेटार, भालुस्वाँरा बारपाक सडक २०७५ मा सम्पन्न हुनुपर्नेमा पुरा नभएको जस्ता उजुरी अख्तियारमा परेका छन् ।

भञ्ज्याङ्ग कुवापानीबाट पाती स्वाँरा हुँदै साँधीखोला उपभोक्ता समिति मार्फत गरिएको तथा स्टिमेट अनुसार कार्य नगरी बजेट दुरुपयोग भएको उजुरी पनि परेको छ ।

कृषि अनुदानमा कागजपत्र मात्रै मिलाएर÷कमसल निर्माण कार्य गरि रकम दुरुपयोग गरेको, वंगुर पालन, बाख्रा पालन लगायतका वितरण कार्यमा आर्थिक अनियमितता भएको, पृथ्वीनारायाण शाना सहरी खानेपानी आयोजनामा तत्कालिन समितिका पदाधिकारीहरुले आपसी मिलिमतो गरी आर्थिक अनियमितता गरेको उजुरी पनि अख्तियारमा परेको छ ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा भएको भ्रष्टचार नियन्त्रण तथा शुसासन प्रवद्र्धन सम्वन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले आग्रह पुर्वाग्रहले पनि अख्तियारमा उजुरी गर्ने परिपाटी वढेको भन्दै चिन्ता ब्यक्त गरे ।

‘कर्तब्य+निष्ट भयौँ भने भ्रष्टचार हुदैन,’ शहिद लखन गाउपालिकाका अध्यक्ष रमेश थापाले भने,‘नितिगत रुपमा पनि सहि ढंगले अघि वढ्नुपर्छ ।’ शुसासन र समृद्धिको मुख्य जग नै स्थानीय तह भएको सहभागीले बताए । अज्ञानताका कारण पनि विभिन्न आरोप वेहोर्नुपरेको जनप्रतिनिधिको गुनासो छ ।

अख्तियारमा उजुरी पर्दा कतिपय विकास निर्माणका काम समेत प्रभावित बन्ने गरेको सहभागीले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौका आयुत्त किशोर कुमार सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुरथापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङ, आयोगका सह सचिव कोशहरी निरौला, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda