क्याम्पसको आर्थिक गतिविधी छानविनका लागि समिति गठन
क्याम्पसको आर्थिक गतिविधी छानविनका लागि समिति गठन
गोरखा ः गोरखा नगरपालिका–९ लक्ष्मिवजारको द्रब्यशाह वहुमुखी क्याम्पसको आर्थिक गतिविधीको छानविनकाका लागि समिति गठन भएको छ ।
आर्थिक पारदर्शीताको माग राख्दै वुधबार विद्यार्थी संघ÷संगठनले क्याम्पस प्रमुख र लेखा शाखामा तालावन्दी गरेका थिए । सोमबार प्रशासनको रोहवरमा भएको छलफलमा आर्थिक वर्ष २०७९÷०८० मा क्याम्पसमा भएको आर्थिक गतिविधिको छानवीन गरी प्रतिवेदन पेश गर्ने गरि समिति वनाउने निर्णय भएको छ ।
क्याम्पस ब्यवस्थापन समितिको तर्फबाट वावुराम अर्यालयको संयोजकत्वमा प्राध्यापक कुशल लाल श्रेष्ठ, शरन श्रेष्ठ , स्ववियु सभापति सौनक घिमिरे, गोरखा नगरपालिकाको प्रतिनिधि, नेविसंघका प्रमोद जंग कुवर, अनेरास्ववियु क्रान्तिकारीका अनिष अर्याल, अनेरास्ववियुका असिम श्रेष्ठ, सौरभ वस्नेत रहने गरी समिति गठन गरिएको हो ।
छानविन कार्यमा क्याम्पस प्रमुख, क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक कर्मचारी एंव विद्यार्थि युनियनहरुले आ–आफ्नो तर्फबाट सहयोग गर्ने पनि सहमती भएको छ । प्रशासन र स्वतन्त्र विद्यार्थी युनियन तथा विद्यार्थी संघ÷संगठन विच १७ वुदे समझदारीको कार्यान्वयन क्याम्पस प्रशासनले गर्ने पनि सहमति भएको छ ।
क्याम्पस ब्यवस्थापनले गर्ने कार्य स्थापित विधि, पद्धती, प्रक्रिया र प्रचलित कानुन वमोजिम गर्ने पनि समझदारी भएको छ । सोमबारको वैठकमा सहमति वनेसँगै लेखा शाखामा लगाएको ताला पनि मंगलबारबाट खुलेको छ ।