डल कुशन वनाउने तालिम शुरु
डल कुशन वनाउने तालिम शुरु
गोरखा ः गोरखा नगरपालिका–७ मा १२ दिने डल कुशन बनाउने तालिम शुरु भएको छ ।
पर्यटन तथा उद्योग कार्यालय गोरखाको आयोजनामा भएको तालिममा २२ जनाको सहभागीता रहेको छ ।
तालिममा वडा नम्वर ७ को २१ टोलबाट सहभागीता गराइएको छ । ३ दिने उद्यमशिलता तालिमममा सहभागीलाई डल कुशन बनाउने तालिम प्रदान गरिएको कार्यालयका प्रमुख सुर्य भुजेलले बताए ।
कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सहभागीको तर्फबाट अञ्जु शाही, चिनारी वहुउदेश्यीय सिकाई केन्द्रका अध्यक्ष राममायाँ श्रेष्ठ, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल, वडा नम्वर ७ का वडा सदस्य विमला अच्छामी, सरस्वती गुरुङ लगायतले मन्तब्य राखेका थिए ।
त्यस्तै गोरखा नगरपालिका–२ मा फागुन १ गते बाट संचालन भएको डल कुशन बनाउने तालिम मंगलबार सकिएको थियो । उत्त तालिममा २० जनाको सहभागीता रहेको थियो ।