क्याम्पस प्रमुखको राजिनामा माग गर्दै द्रब्यशाहमा तालावन्दी
क्याम्पस प्रमुखको राजिनामा माग गर्दै द्रब्यशाहमा तालावन्दी
गोरखा ः द्रब्यशाह वमुहमी क्याम्पस प्रमुखको राजिनामा माग गर्दै विद्यार्थी संघ÷संगठनले पुन क्याम्पसमा तालावन्दी गरेका छन् ।
आर्थिक पारदर्शिताको माग गर्दै विद्यार्थी संघ÷संगठनले क्याम्पसमा तालावन्दि गरेका थिए ।
क्याम्पस संचालक समिति र क्याम्पस प्रशासन माग प्रति संवेदनशिल नरहेको भन्दै वुधबार क्याम्पसमा तालावन्दि गरिएको विद्यार्थी संघ संगठनद्धारा जारी विज्ञेप्तीमा उल्लेख छ ।
सोमबार साझको सहमति पछि क्याम्पसको लेखा शाखाको ताला खोल्ने बताइएको थियो । कक्षा १२ र स्नातक तह दोस्रो वर्षको परिक्षाको अति आवश्यक काम वाकी रहेकोले लेखा शाखाको ताला भने १ दिनको लागि मात्र खोलिएको ज्ञापनपत्रमा उल्लेख छ ।
१८ घण्टा भित्र क्याम्पस प्रमुखकको राजिनामा नदिए साथै लेखा अधिकृत माथि त्रिविको नियम अनुसार आवश्यक छानविन नभए अनिश्चितकालको लागि क्याम्पस ठप्प रहने पनि विज्ञेप्ती मार्फत चेतावनी दिइएको छ ।
उत्त विज्ञेप्तीमा स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियुका इकाई अध्यक्ष तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।