लक्ष्मिवजारमा जेव्राक्रस निर्माण
लक्ष्मिवजारमा जेव्राक्रस निर्माण
गोरखा ः अनेरास्ववियु गोरखाले गोरखा नगरपालिका–९ लक्ष्मिवजारको सडकमा जेव्राक्रस निर्माण गरेको छ ।
विद्यार्थीलाई सुरक्षीत पैदलयात्रामा सहजताका लागि जेव्राक्रस निर्माण गरिएको हो ।
लक्ष्मिवजारको दुइ ठाउँमा जेव्राक्रस निर्माण गरिएको छ । अनेरास्ववियु महालक्ष्मी कमिटिको आयोजनामा विद्यार्थीलाई सहज र सुरक्षित यात्रा गर्ने उदेश्यले जेव्राक्रस निर्माण गरिएको अनेरास्ववियुका अध्यक्ष प्रताप ढकालले बताए ।
आवश्यकता अनुसार गोरखा वजार लगायतका अन्य क्षेत्रमा पनि जेव्राक्रस निर्माण गर्ने योजना रहेको अनेरास्ववियुले जनाएको छ । कार्यक्रममा अनेरास्ववियुका प्रदेश कमिटि अध्यक्ष प्रविण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।