१३ विद्यालयको भवन मर्मत हुने
१३ विद्यालयको भवन मर्मत हुने
गोरखा ः जिल्लाका १३ वटा विद्यालय भवन मर्मत हुने भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले मर्मत गर्नुपर्ने भवनका प्रस्ताव माग गरेका थिए । सोहि वमोजिम चालु आर्थिक वर्षको बार्षिक विकास कार्यक्रममा समावेश भएको सामुदायीक विद्यालय भवन मर्मत सभ्भारका लागि जिल्लाका १३ विद्यालय छनौट भएका हुन् ।
फागुन १५ गतेको मन्त्तीस्तरीय निर्णयबाट विद्यालयहरु छनौटमा परेका हुन् । गण्डकी गाउँपालिका–४ को दिर्घेश्वर मावि, शहिद लखन गाउँपालिका–७ को चण्डीका आधारभुत विद्यालय वुंकोट, सिरानचोक गाउँपालिका–४ को सर्वोदय आधारभुत विद्यालय छोप्राकको विद्यालय भवन मर्मत हुन लागेको हो ।
त्यस्तै गोरखा नगरपालिका–६ को बाल मन्दिर मावि छहरे, भिमसेन थापा गाउँपालिका–४ को भगवति मावि धावा, आरुघाट गाउँपालिका–१ को गणेश मावि मान्वु, आरुघाट गाउपालिका–९ को भिमोदय मावि, भिमसेन थापा गाउपालिका–६ को धुव्रज्योती आधारभुत विद्यालय, सिरानचोक गाउँपालिका–१ को नेपाने मावि, पालुङटार नगरपालिका–९ को मदनेडाडाँ मावि र अजिरकोट गाउँपालिका–५ को ताराचन्द्र माविको भवन मर्मत हुने छ ।
त्यस्तै गोरखा नगरपालिका–२ को मदर्सा सैयदना अवुकर तिलहफिजील कुरान र आरुघाट गाउँपालिका–७ को कल्लेरी आधारभुत विद्यालय भवन मर्मतका लागि पनि छनौट भएको छ ।