नवौ ओसन कप यु–१३ मा ओल्ड क्यापिटल विजयी
नवौ ओसन कप यु–१३ मा ओल्ड क्यापिटल विजयी
गोरखा ः नवौं ओसन कप यु–१३ मा द ओल्ड क्यापिटल मावि विजय भएको छ ।
गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तर्गत ओसन क्लवको आयोजनामा भएको द ओसन कप यु–१३ प्रतियोगिताको फाइनल खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २–० को गोल अन्तरले हराउदै ओल्ड क्यापिटल मावि विजय भएको हो ।
ओल्ड क्यापिटल माविका लागि विपन गुरुङ र प्रज्वल थापाले १÷१ गोल गरेका थिए । विजेता टिमले सात हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको ओसन क्लवका सचिव सविन खत्रीले जानकारी दिए । त्यस्तै उपविजेता टिमले तिन हजार पाँच सय नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिता अन्तर्गत प्लेट च्याम्पियनसिपको उपाधि भने रत्न राज्य मावि विरेन्चोकले हात पारेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा सुर्यमूखी वोर्डिङलाई ३–२ गोल अन्तरले हराउदै रत्न राज्य मावि विजयी भएको खत्रीले जानकारी दिए । विजेता विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेतालाई गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, वडा नं. ९ का वडाध्यक्ष कुल बहादुर कुवर, जिल्ला फुटबल संघका अध्यक्ष बिशाल गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गोरखा नगरपालिका भित्रका ९ विद्यालयहरु सहभागिता रहेको थियो ।