कर्तब्य ज्यान मुद्धाका फरार अभियुत्त १० वर्षपछि पक्राउ
कर्तब्य ज्यान मुद्धाका फरार अभियुत्त १० वर्षपछि पक्राउ
गोरखा ः कर्तब्य ज्यान मुद्धामा फरार रहेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तब्य ज्यान मुद्धामा दुइ बर्ष कैद सजाय तोकिइ फरार रहेकी शहिद लखन गाउँपालिका–७ वुंकोटीकी ३४ वर्षिय मञ्जु श्रेष्ठलाई प्रहरीले फागुन १५ गते पक्राउ गरेको हो ।
श्रेष्ठलाई पक्राउ गरि प्रहरीले तोकिएको कैद असुल उपरका लागि जिल्ला अदालतमा उपस्थिति गराएको थियो । जिल्ला अदालतले पनि श्रेष्ठलाई कैद असुल उपरका लागि कारागार पठाएको छ ।
२०६६ माघ ७ गते छोरी जन्माएर कर्तब्य गरि मारेको घटनामा जिल्ला अदालतले तिन महिना कैद र पाँच सय जरिवानाको फैसला सुनाएको थियो ।
सोही मुद्धामा पुनरावेदन हुँदा सर्वोच्च अदालतको २०६९ चैत २ गतेको आदेशले श्रेष्ठलाई दुइ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतबाट कैद र जरिवाना तोकिइ फरार रहेको अभियुत्त पक्राउ गर्नका लागि फैसला कार्यन्वयन विशेष टोली परिचानल गरेको छ ।