जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
गोरखा ः २२ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका–११ वाह्रकिलोमा ४१ वर्षिय इश्वर वस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन १५ गते वस्नेतले संचालन गरेको होटलमा काम गर्ने महिलालाई जवरजस्ती करणी गरेको भन्दै पिडितले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दरखास्त दिएकी थिइन् ।
सोहि जाहेरीका आधारमा फागुन १८ गते आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित विरुद्ध आइतबार जवरजस्ती करणी कसुर शिर्षकमा मुद्धा दर्ता गरि हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान भएको प्रहरीले जनाएको छ ।