कृषि तथा गैह्रकृषि क्षेत्रमा जिविकोपार्जनका अवसर चुनौती बिषयक अन्तरक्रिया सम्पन्न
कृषि तथा गैह्रकृषि क्षेत्रमा जिविकोपार्जनका अवसर चुनौती बिषयक अन्तरक्रिया सम्पन्न
गोरखा ः शहीद लखन गाउँपालिकामा महिलाहरुको अगुवाईमा कृषि तथा गैह्रकृषि क्षेत्रमा जिविकोपार्जनका अवसर चुनौती र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
नेपाल दलित महिला उत्थान संघ (एड्वान) को अयाोजनामा पालिका भित्रका जनप्रतिनिधिहरु, विभिन्न वडामा रहेका कृषक महिला समुहका प्रतिनिधिहरु लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले समुह मार्फत मिलेर कृषि व्यवसाय गर्न सके उत्पादनमा बृद्धि गर्न सकिने र राम्रो आयआर्जन गर्न सकिने बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल दलित महिला उत्थान संघ (एडवान) की अध्यक्ष विन्दु थापा परियारले एडवान्ले महिलाहरुको उत्थानका लागि परियोजना मार्फत सञ्चालन गरेका कार्यक्रमहरु तत्कालिन भन्दा पनि दीर्घकालिन रुपमा लाभ लिनसक्ने खालका रहेको बताइन् ।
कार्यक्रममा एड्वानका कार्यकारी निर्देशक कमलबाबु परियारले परियोजना मार्फत शहीद लखन गाउँपालिका भित्रका सिमान्तकृत तथा विपन्न महिला किशोरीहरुलाई सिप विकास गराई उत्थानशिल जिविकोपार्जन निर्माण गर्दै साना तथा मध्यम खालको उद्यमशिल बनाउन कार्यक्रम सञ्चाललन गरिरहेको बताए ।
शहीद लखन गाउँपालिकाका भित्रका १२ वटा समुहमा गरी २ सय ४२ जना महिला आवद्ध भएर सिप विकास सम्बन्धी तालिम व्यवसाय गरीरहेका छन ।
परियोजनाले रुपान्तरणकारी सामाजिक परिचालन कार्यक्रम समेत सञ्चालन गरी महिलाहरुको क्षमता विकास तथा नेतृत्व विकासका काम समेत गर्दै आएको छ ।
परियोजना अन्तरगत गाउँपालिका भित्रका बिभिन्न कोसिस कृषक महिला समुहमा आवद्ध महिलाहरुले बाख्रा पालन, बङगुर पालन, कुखुरा पालन, तरकारी खेती, फलफुल खेती, स्यानेटरी प्याड उत्पादन लगायतका तालिम लिएर उद्यम सुरु गरिरहेको उनले बताए ।