मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३१ जना लाभान्वित
मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३१ जना लाभान्वित
गोरखा ः गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा भएको तिन दिने मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३१ जना लाभान्वीत भएका छन् ।
फागुन १९ देखि २१ सम्म भएको तिन दिने शिविरमा गोरखा गनरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट, भिमसेन थापा, गण्डकी, शहिद लखन, सिरानचोक तथा तनहुँको वन्दिपुर गाउँपालिकाका विरामीहरुको सहभागीता रहेको थियो ।
गोरखा नगरपालिकाको १८ जना तथा अन्य पालिकाको १२ जना गरेर १६ महिला र १५ पुरुषको मोतियाविन्दुको शल्यक्रिया भएको केन्द्रका प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालले जानकारी दिए ।
गोरखा लायन्स आँखा सेवा केन्द्रले बिभिन्न समयमा र नियमित रुपमा समुदायमा गएर आँखा जाच गर्ने गरेको छ । सो जाँचको क्रममा मातियाबिन्दुको शल्यक्रिया गर्नु पर्ने बिरामीहरुलाई केन्द्रमा पठाउने गरेको छ ।
केन्द्रले बिद्यालय तथा समुदायमा आँखा जाच कार्यक्रमलाइ निरन्तरता दिदै आइरहेको पनि अर्यालले बताए ।
सो अवसरमा बिरामीहरु मार्फत आफ्ना परिवारका सदस्य तथा छिमेकीहरुलाइ नियमति आँखा जाच गर्नको लागी केन्द्रले अनुरोध पनि गर्दै आएको छ ।