रत्नलक्ष्मीमा दन्त शिविर
रत्नलक्ष्मीमा दन्त शिविर
गोरखा ः रोटरी क्लव अफ गोरखाको आयोजनामा गोरखा नगरपालिका–८ स्थित रत्नलक्ष्मी माध्यमिक विद्यालय डुम्रीडाडामा दन्त शिविर सम्पन्न भएको छ ।
रोटरी क्लवको २२ औँ चार्टर डे को अवसरमा शिविर भएको हो । उत्त शिविरमा १२९ जना विद्यार्थीहरुको दातको परिक्षण भएको थियो । संगम मेडिहेल्थको समन्वयमा शिविर भएको हो ।
रोटरी क्लव अफ गोरखाका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा भएको शिविरको उद्घाटन समारोहमा पुर्व अध्यक्ष पवन रमण खनाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र आचार्य, विद्यालयका प्रधानाध्यापक साधना त्रिपाठी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा क्लवका चार्टर प्रिसिडेन्ट शित्तलकाजी मास्के, इश्वरकाजी मास्के, होम वहादुर वानिया, र पवनरमण खनाललाई सम्मान पनि गरिएको थियो । त्यस्तै क्लवका विभिन्न पदको नेतृत्व संहालीसकेका पुर्व अध्यक्ष नकुल थापा, किशोर जंग थापा, विशाल रानालाई पनि अध्यक्ष अर्यालले सम्मान गरे ।