बैदेशिक रोजगार सम्वन्धी मुद्धामा फरार रहेका एक जना पक्राउ
बैदेशिक रोजगार सम्वन्धी मुद्धामा फरार रहेका एक जना पक्राउ
गोरखा ः बैदेशिक रोजगार सम्वन्धी कसुर मुद्धामा फरार रहेका एक जना अभियुत्तलाई प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यन्वयनको सिलसिलामा वैदेशिक रोजागर न्यायाधीकरणबाट तिन बर्ष केद र तिन लाख रुपैया जरिवाना तोकिइ फरार रहेको सिरानचोक गाँउँपालिका–५ का ४६ वर्षिय राम गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०७३ चैत १५ गते गुरुङलाई वैदेशिक रोजगार सम्वन्धी कसुरमा कैद तथा जरिवाना तोकिएको थियो । सोमबार पक्राउ गरेका गुरुङलाई कैद र जरिवाना असुल उपरका लािग गोरखा अदालत पठाइएको थियो ।
गोरखा अदालतको आदेशले सोमबार नै गुरुङलाई कैद तथा जरिवाना असुल उपरका लागि कारागार कार्यालय पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतबाट कैद र जरिवाना तोकिइ फरार रहेको अभियुत्त पक्राउ गर्नका लागि फैसला कार्यन्वयन विशेष टोली परिचानल गरेको छ ।