वैकिङ कसुर मुद्धामा फरार रहेका १ जना पक्राउ
वैकिङ कसुर मुद्धामा फरार रहेका १ जना पक्राउ
गोरखा ः बैकिङ कसुर मुद्धामा फरार रहेका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–९ का ३८ वर्षिय भगवान वुढाथोकिलाई प्रहरीले पक्राउ गरेको हो ।
वुढाथोकीले रकम भुक्तानीका लागि एभरेष्ट वैंक लिमिटेड गोरखा शाखाको खाताबाट ९० हजार रुपैयाको चेक काटेका थिए ।
उत्त चेक सटहीको लागि जाँदा खातामा प्रयाप्त रकम नभएको भनी चेक अनादर भइ फिर्ता भएको भन्दै वुढाथोकीलाई कारवाही गरी चेकमा उल्लेखित रकम समेत फिर्ता दिलाई भराई पाउँ भनि एकराज अंगाईले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दरखास्त दिएका थिए ।
सोहि आधारमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेकोमा उत्त मुद्धामा फरार प्रतिवादी भगवान वुढाथोकीको खोजतलास गर्ने क्रममा मंगलबार गोरखा नगरपालिका–८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वुढाथोकीलाई हिरासतमा राखी अनुसन्धानका लागि मंगलबार नै म्याद थप भएको र वैकिङ कसुर मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।