११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश

११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश


शुक्रबार, फाल्गुन २५, २०८०


११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश

सम्झना देवकोटा, गोरखा
हरेक वर्ष विश्व भर मनाईने अन्तराष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ (नारी दिवस) यस वर्ष २०८० फागुन महिनाको २५ गते (आज) परको छ । महिलाहरुलाई सम्मान, जागरण, हक अधिकारको सुनिश्चिताको लक्ष्य लिएको अन्तराष्ट्रिय श्रमिक महिला दिवस प्रत्येक वर्ष नयाँ योजना, नयाँ नारा र सपना बोकेर आएको हुन्छ । हरेक वर्षको राष्ट्रिय र अन्तराष्ट्रिय नाराले निक्कै महत्व राख्दछ ।

स्थानिय सरकार देखि अन्तराष्ट्रिय क्षेत्रमा कामको योजना र लक्ष्य निर्धारण गर्न यसले महत्वपूण भूमिका निर्वाह गर्दछ । कोहि कसैका महलमा सजाएर राखिएका, जनताको घरमा अलपत्र मिल्काईएका वस्तु र सामानहरुको प्रतिकको रुपमा रहेका, पहिचाहन विहिन, अधिकार विहिन, अस्तित्व विहिन, आवाज विहिन, निरिह जीवको रुपमा परिचय बनाईएका घर पालुवा मान्छेको रुपमा रहेका महिलाहरुलाई आजको विश्व समुदायमा यस्ता महिला दिवस र अभियानहरुले विश्व मान चित्रमा महिलाको पहिचाहन गराएको छ ।



महिला सम्मेलन, दिवसहरु देखि राष्ट्रिय स्तरमा हुने विभिन्न तहका महिला गतिविधिहरुले निकै ठुलो महत्व राखेको छ । हजारौ महिलाहरुको वलिदानी पूर्ण संघर्ष, देश निकाला, राज्यद्धारा गरिएको हत्या, ज्यादती र प्राणको आहुती, साहदत प्राप्तीको ऐतिहासिक परिघटना, अनेकौं आरोह र अवरोहहरु छिचोल्दै केहि परिर्वतनका परिणामहरु देखिएका छन । अधिकार र अस्तित्व विहिन संकट पूर्ण अवस्थामा महिलाहरुले नेतृत्व गरेको विश्व महिला आन्दोलन, अन्तराष्ट्रिय बदलावहरुले आज महिलाहरुमा देखिएको परिवर्तन क्षमता र उर्जाको कारण हाम्रो जीवनमा पनि ठुलो परिवर्तन आएको छ । यसले हाम्रो चेतना, शिप क्षमता कर्तव्य सोच र जनजीवनमा पनि सकरात्मक परिवर्तन ल्याएको छ ।

तात्कालिन समयमा न्युजिल्याण्ड र ईङ्ल्याण्ड दुई राष्टू बाहेक संसार भर महिलाहरुलाई मताधिकारको अधिकार थिएन । सन १९०८ मा न्यूयोर्क सिटीको कपडा कारखानामा काम गर्ने महिला श्रमिकहरुले कामको घण्टा छोट्याउन, राम्रो तलव दिन, आफूहरुहरुलाई मताधिकारको अधिकार प्राप्त होस भनि १५ हजार भन्दा धेरै महिलाहरु सडकमा उर्तिए । यस माग र आन्दोलनलाई अमेरिकाको समाजवादी पार्टीले पहिलो महिला राष्ट्रिइ दिवसको रुपमा मान्यता दियो । यस आन्दोलनामा उठेको माग र मुद्धाहरुलाई तात्कालिन सरकार र ठुला राजनीतिक दलहरुले स्वीकार गर्न बाध्य भए, अमेरिकाबाट शरु भएको महिलाहरुको आवाजले सन १९१०मा जर्मनीको कोपन हेगनमा १७ देशका १०० महिलाहरुको सम्मेलनले भयो ।

यस सम्मेलनले सन १९११ मार्च ८ देखि अन्तराष्ट्रिय महिला दिबसको रुपमा मनाउने निर्णय गरे । यस महिला आन्दोलनको रुपमा भएको ¥यालीमा लाखौ लाख महिला र पुरुषहरुले भाग लिए जसले संसारमा परिवर्तन ल्यायो । यस दिवसले श्रम गरि खाने श्रमिक वर्गको हक अधिकार र न्याय स्थापित गर्न बारम्बार सचेत गराएको छ । संसार भरका महिलाहरु अनौपचारिक क्षेत्रमा रहेका श्रम बजारका काम गरिरहेका छन भने अनौपचारिक क्षेत्रको श्रमशक्ति महिलाहरुमा निर्भर रहेको छ ।

विभिन्न क्षेत्रबाट गरिएको सर्वेक्षण अनुसार गृह श्रमिक र कृषि श्रमिकहरुमा करिव ७८ प्रतिशत महिलाहरु समावेश भएका छन भने गैर वैतनिक क्षेत्रमा काम गर्ने महिलाहरुको संख्या पनि ठुलो रहेको छ । यस वर्ष ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ मानाउन लागिएको छ । हरेक वर्ष संयुक्त राष्ट्र सघंले नयाँ कार्यक्रम र नारा पठाउने गरेको छ । समाजमा विद्यमान विभेद, हिंसा अन्याय अशिक्षा पछौटे पन आदि विषम परिस्थितिलाई छिचोल्दै वर्तमान अवस्थामा पु¥याउन महिलाहरुका अभियान, दिवस र घोषण पत्र, लैङ्गिक हिंसा विरुद्धको अभियान जस्ता कार्यक्रमहरु कार्यन्वयन हुदै आएका छन ।

महिला र पुरुषको विचमा समाजिक आर्थिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका साथै चेतना स्तरमा ठुलो अतुलनिय अन्तर थियो । यस्तो विभेदलाई कम गर्न सानो मिहेनत र लगानीले सम्भव थिएन । लैङ्गिक समानताका लागि भएका हजारौं प्रयत्नहरु मध्ये अन्तराष्ट्रिय श्रामिक महिला दिबस पनि एक हो, संयुक्तराष्ट्र संघको यो नियमित अभियान वा दिवसले हरेक वर्ष नयाँ कार्यक्रम र नारा लिएर आएको हुन्छ । यस अघि सन २०२३ मा “लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने रहेको थियो भने यस वर्ष २०२४ मा अन्तराष्ट्रिय नारा “INVEST IN WOMEN ACCELERATE PROGRESS” अर्थात “गतिशील प्रगतीका लागि महिलामा लगानी” भन्ने मुल नाराका साथ मनाउन लागिएको छ भने नेपालको सन्दर्भमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आर्थिक र सामाजिक सशक्तिकरणका लागि लगानीको सुनिश्चिततामा मद्दत पुग्ने रचनात्मक कार्यक्रम गर्ने भएको छ ।

“महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी ” भन्ने राष्ट्रिय नारा तयार गरी साझा कार्यक्रमको रुपमा मनाउन तिनै तहको सरकारलाई निर्देशन गरेको छ । नेपालमा यस दिवसलाई सरकारी, गैर सरकारी स्थानिय महिला समूह आमा समूह र सहकारी आदि संघ संस्थाहरुले साझा रुपमा मनाउने गरेका छन भने राजनीतिक दलका महिला संघ संगठनहरुले विषेश कार्यक्रमको रुपमा मनाउदै आएका छन । समाजमा एउटा भनाई छ, आमा शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ, आमा नभए छोरा छोरी पुरै टुहुरा हुन्छन, आमाले सन्तान सुखि हुँदा र खान लाउन पाउदा आफु भोकै भएको थाहा पाउदिनन् । आमा आफ्नो थैली खोलेर सन्तालाई दिन पाउदा आफुलाई सन्सारकै सुखि र भाग्यमानी ठान्दछिन । आमा र महिला सम्मानित शब्द र अमुल्य निधी हो ।

एउटा घर होस, समाज, राष्ट्र वा पुरै विश्वलाई तुलना गरौ महिला विनाको समाज कल्पना पनि गर्न सकिन्न । महिलाहरुको शक्ति मापन गर्न, पहिचाह गर्न र पुरा उपयोग गर्न हामी आफैले पनि सकि रहेका छैन । यस वर्षको नाराले महिलाहरुमा आर्थिक सवलीकरण, शसक्तिकरण, उद्योमशिलता, पेशा व्यवसाय र रोजगारीको क्षेत्रमा महिलाहरुको स्थान सुरक्षित गर्नेे, आत्मनिर्भर बनाउने घर परिवार, समाज र राष्ट्र निमार्णमा महिलाहरुको पहुँच स्थापित गर्ने लक्ष्य र उद्देश्य राखेको छ । समाजलाई गति प्रधान गर्न वा गतिशिल बनाउन महिलाहरुमा नै लगानी गरिनु पर्छ तव मात्रै वहुआयमिक क्षेत्रमा सकरात्मक गति पैदा हुन्छ । अन्तराष्ट्रिय क्षेत्रबाट यो महत्वपूर्ण विषय उठान भएको छ । गतिशिल प्रगतिका लागि महिलामा लगानी भन्ने राष्ट्रि र अन्तराष्ट्रिय संकल्पलाई नारा मात्रै बनाईनु हुदैन । यसलाई प्रयोगमा ल्याउनको लागि सरकारले सोहि अनुरुपको राष्ट्रिय निति बनाउनु पर्छ ।

महिलाहरुको क्षमता विकास, शिप र प्रविधिको तालिम, काम गर्ने वातावरण, लगानीको प्रबन्ध, बजारको सुनिश्चितता गरी महिलाहरुमा लगानी गरिनु पर्छ । यसले समाजमा भएका विकृती विसंगति, हत्या आत्महत्या, घरेलु हिंसा, परनिर्भभरता कम हुदै जान्छ । यसले नेपालीलाई सुखि र नेपाललाई संवृद्धि बनाउन ठुलो टेवा पुग्दछ । तिनै तहका सरकारले अपनत्व लिने गरी नीति कार्यक्रम र योजना निर्माणमा यस वर्षको नारालाई समेट्नु पर्दछ । केहि संघ संस्थाहरुले दिवस मनाउने क्रममा यस वर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ वि.सं २०८० ÷११÷२४ गते जलवायु परिवर्तन र महिला, जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला शसक्तिकरण जस्ता कार्यक्रम गरि सगरमाथा क्षेत्रका कालापत्थरमा उपस्थित भएर जलवायु परिवर्तनको अवस्था, यसले जनजीवनमा पारेको असर साथै समग्र जलवायु परिवर्तन हुँदा महिला र बालबालिकाको जनजीवनमा पर्ने असरका बारेमा विश्व समुदायमा सन्देश दिने गरी प्रत्यक्ष प्रसारणको कार्यक्रम गर्न भएको छ ।

यस दिवस नेपालमा पनि आफ्नै मौलिक र रचनात्मक कार्यक्रम गरी देश भर मनाउने तयारी गरिएको छ । यो नेपाली महिलाहरुमा आएको जागरण, पहलकदमी र चेतनामा आएको परिवर्तनको परिणाम हो भन्ने बुझ्न सकिन्छ । संयोगले यो वर्ष आझैकादिन महाशिवरात्रि पर्व परेको छ । देवी शक्तिस्वरुपा पार्वतीले स्वयम आफ्नो पति आफैले रोजेर स्वयम्वर गरि आम महिलाहरुमा दिएको सकरात्मक सन्देश स्मरण गरौ, योगमाया लगाएतका अग्रज महिलाहरुको वलिदानी पूर्ण संघर्षको सम्मान गरौं, प्राप्त भएका उपलब्धिहरुलाई संरक्षण गर्दै थप अधिकार प्राप्तीको लागि आम नेपाली महिलाहरुको साझा पहलकदमी रहि रहोस, राज्य उत्तरदायि बन्न सकोस । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ को सबैमा हार्दिक शुभकामना !!


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda