स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गरिने
स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गरिने
गोरखा ः आरुघाट गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
गाउँ सभाको चौधौँ अधिवेशनमा विनियोजन विधेयक सम्वन्धी संसोधन प्रस्ताव पेश गरिएको थियो । त्यस्तै गाउँपालिका अध्यक्ष राजु गुरुङले आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गरेर लैजाने प्रस्ताव सभामा पेश गरेका थिए ।
आवश्यक जनशक्ति, पुर्वाधार, उपकरण सहितको ब्यवस्थापन गरी अस्पतालको रुपमा विकास गरेर लैजाने प्रस्ताव पारित भएको गाउँपालिकाका सुचना अधिकारी विवेक खनालले जानकारी दिए ।
‘आरुघाट तथा उत्तरी गोरखा र धादिङको केहि भागका विरामी समेत प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेका छन्,’ उनले भने,‘अस्पतालको रुपमा विकास गरेर लैजानुपर्ने सार्वजनिक महत्वको विषय प्रस्ताव भएको थियो, पारित भयो ।’
डुवान क्षेत्रमा पर्ने भएकाले आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रको पुर्वाधार विकासमा समस्या थपिदै आएको थियो । तत्कालका लागि अहिले स्वास्थ्य केन्द्र रहेकै ठाउँबाट आवश्यक पुर्वाधार, जनशक्ती र उपकरण ब्यवस्थापन गरि अस्पतालको रुपमा विकास गर्न लागिएको हो ।
केहि दिन अघि बाट केन्द्रमा आँखा जाँच सुविधा पनि उपलब्ध गराउदै आएको छ । त्यस्तै सभामा केहि योजनाको संसोधन र रकमान्तर भएको पनि उनले जानकारी दिए ।