चोरीको आरोपमा एक जना पक्राउ
चोरीको आरोपमा एक जना पक्राउ
गोरखाः चोरीको आरोपमा वारपाक सुलिकोट गाउँपालिका–८ जराङ घर भइ गोरखा नगरपालिका–७ पुरानो वसपार्कवस्ने २९ वर्षिय सुमन वरामलाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २५ गते गोरखा नगरपालिका–५ पस्लाङ स्थित कैलाश आलेको घरबाट आइफोन मोवाइल चोरी भएको घटनाको अनुसन्धानको क्रममा वरामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार वरामको शरिर खनतलासी गर्दा उत्त मोवाइल समेत निजको साथबाट फेला परेको प्रहीले जनाएको छ ।
आइतबार पक्राउ परेका वराम विरुद्ध चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धानका लागि म्याद थप अनुमती लिएर घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।