ट्राफिक सचेतनामुलक कक्षा
ट्राफिक सचेतनामुलक कक्षा
गोरखाः गोरखा नगरपालिका–१२ स्थित महेन्द्र माध्यमिक विद्यालयमा ट्राफिक सचेतनामुलक कक्षा संचालन गरिएको छ ।
विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ७५ जना विद्यार्थी र शिक्षकलाई ट्राफिक नियम, सवारी प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षीत तरिका, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीका, ट्राफिक संकेत, सडक रेखा लगायतका नियम सम्वन्धमा सचेतनामुलक कक्षा संचालन गरिएको हो ।
कार्यक्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिवप्रसाद पाठकले सहजिकरण गरेका थिए ।