पार्किङमा राखिएको मोटरसाइकल चोरी
पार्किङमा राखिएको मोटरसाइकल चोरी
गोरखा ः गोरखा नगरपालिका–६ शिक्षा कार्यालय नजिकै बाट पार्किङ गरेर राखेको एउटा मोटरसाइकल चोरी भएको छ ।
शनिबार राती वा ९५ प ९२३ नम्वरको कालो र रातो रङको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको भन्दै निवेदन आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पार्किङ गरेको अवस्थामा मोटरसाइकल चोरी भएपछि खोजिका लागि प्रहरीमा धनीले निवेदन दिएका हुन् । मोटरसाइलको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस अघि पनि सदरमुकामबाट ९ वटा मोटरसाइकल चोरी भइसकेको छ ।