कनकामना आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
कनकामना आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
गोरखाः भिमसेनथापा गाउँपालिका–१ को कनकामना आधारभुत विद्यालयका अध्ययन गर्ने विद्यार्थीलार्ई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
निष्ट फाउण्डेसनले एक कार्यक्रमका विच मंगलबार विद्यालयका ९८ विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो । बाल कक्षा देखि आठ कक्षा सम्म पढ्ने सवै विद्यार्थीलाई शैक्षिक सामाग्री साथै झोला पनि वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सितल गुभाजुले जानकारी दिए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका उपाध्यक्ष अमृतादेवी वस्ती, निष्ट फाउण्डेसनका कार्यकारी निर्देशक डा माधव प्रसाद बराल, निष्ट कलेजका प्रशासन प्रमुख भिसमेन खडे्का, स्कुल अफ डेमोक्रेसी नेपालका अध्यक्ष किरण भट्ट लगायतको सहभागीता रहेको थियो ।