जवरजस्ती करणीका आरोपी पुर्पक्षका लागि थुनामा
जवरजस्ती करणीका आरोपी पुर्पक्षका लागि थुनामा
गोरखा ः जवरजस्ती करणीको आरोपमा पक्राउ परेका वारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी घुन्चोकका ६० वर्षिय वुद्धिमान विकलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको छ ।
मंगलबार जिल्ला अदालतको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । फागुन २ गते १२ वर्षिय बालिकालाई डर त्रास देखाइ जवरजस्ती करणी गरेको आरोपमा फागुन ४ गते आरोपित पक्राउ परेका थिए । फागुन ६ गते जवरजस्ती करणी कसुर शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान पश्चात मंगलबार उनलाई कारागार पेश गरिएको थियो ।