जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
सुरुवात ः जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।
आरुघाट गाउँपालिका–८ रातमाटेका चित्रवहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । शारिरीक तथा मानसिक अवस्था कमजोर भएकी ३२ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको घटनामा पिडितको आमा मार्फत प्राप्त जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार पक्राउ परेका थापा विरुद्ध वुधबार जिल्ला अदालत गोरखामा जवरजस्ती करणी कसुर शिर्षकमा मुद्धा दर्ता गरि म्याद थप अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।