उद्यमीलाई प्रविधि हस्तान्तरण
उद्यमीलाई प्रविधि हस्तान्तरण
गोरखा ः पर्यटन तथा उद्योग कार्यालय गोरखाले उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको छ ।
वुधबार एक कार्यक्रमका विच ६ वटा कम्वाइल मिल, दुइ वटा मिनि टेलर, १५ वटा डिजिटल सिलाई मेसिन हस्तान्तरण गरिएको हो । ५० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, कार्यालयका प्रमुख सुर्य भुजेल लगायतको सहभागीता रहेको थियो ।