एसईईका लागि २३ परीक्षा केन्द्र
एसईईका लागि २३ परीक्षा केन्द्र
यस वर्ष साधारण तर्फ तिन हजार ५ सय २७, प्राविधिक तर्फ १०१ र ग्रेडवृद्धि तर्फ ३४ गरी तिन हजार ६ सय ६२ परीक्षार्थी एसईईमा सहभागी बन्ने छन् ।
गोरखा ः चैत १५ गतेबाट हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) का लागि जिल्लामा २३ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्ष साधारण तर्फ तिन हजार ५ सय २७, प्राविधिक तर्फ १०१ र ग्रेडवृद्धि तर्फ ३४ गरी तिन हजार ६ सय ६२ परीक्षार्थी एसईईमा सहभागी बन्ने छन् ।
जनजागृति मावि माछिखोला केन्द्रबाट ८ विद्यालयका दुइ सय ३१ परिक्षार्थीले परीक्षा दिने छन् । त्यस्तै ज्ञानमार्ग मावि घ्याल्चोकमा ५ विद्यालयका १ सय ३४, ताङलीचोक मावि ताङ्लीचोक केन्द्रमा चार विद्यालयका ९९, दुल्लभ मावि घ्याम्पेशालमा चार विद्यालयका १२५ विद्यार्थीले परीक्षा दिनेछन् ।
परोपकार आदर्श मावि जौवारीमा नौ विद्यालयका १ सय ७५, भगवती हिमालय मावि घैरुङमा ८ विद्यालयका दुइ सय १३, मनकामना मावि मनकामनामा चार विद्यालयका १००, भवानी मावि ठाँटीपाखेरी परीक्षा केन्द्रबाट ७ विद्यालयका २६५, जीवनज्योती माविमा सात विद्यालयका दुइ सय १८, भिमोदय मावि आरुघाटमा १० विद्यालयका दुइ सय ३२ विद्यार्थीले परिक्षा दिनेछन् । त्यस्तै गण्डकी मावि आर्खेतमा ६ विद्यालयका दुइ सय १८, महालक्ष्मी मावि लक्ष्मिवजारमा दुइ विद्यालयका एक सय २७, महेन्द्र मावि कुन्दुरटारमा ६ विद्यालयका एक सय ३३ परिक्षार्थी परीक्षामा सहभागी वन्ने छन् ।
महेन्द्रज्योती मावि पोखरीथोकमा ७ बिद्यालयका १४९, महेन्द्र लिला मावि हर्मी केन्द्रमा ७ विद्यालयका १०३, रत्नराज्य मावि विरेन्चोकमा ५ विद्यालयका १८३, शक्ति मावि पाटेचौरमा ३ विद्यालयका १९१, संस्कृति मावि तान्द्राङबाट ४ विद्यालयका ११४, सरस्वती मावि आहाले केन्द्रमा ७ विद्यालयका १७० विद्यार्थी परिक्षामा सहभागी वन्ने छन् ।
सरस्वती मावि बोर्लाङ केन्द्रमा ५ विद्यालयका ११७, सुर्योज्योती मावि ताकुकोटमा ५ विद्यालयका ११८, हिमालय मावि सिम्जुङमा ७ विद्यालयका १८४ र हिमालय मावि सौरपानीबाट ४ विद्यालयका १५३ परीक्षार्थी सहभागी वन्ने छन् । १३४ माध्यमिक विद्यालयका विद्यार्थी परीक्षामा सहभागी वन्ने इकाईले जनाएको छ ।
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको माघ १० गतेको वैठकको निर्णयअनुसार नै परीक्षा केन्द्र निर्धारण भएको जनाइएको छ । परिक्षा चैत १५ गतेबाट विहान आठ वजेदेखि संचालन हुने छ ।