सदरमुकाम क्षेत्रको सडक मर्मत गरिदै
सदरमुकाम क्षेत्रको सडक मर्मत गरिदै
गोरखा ः आवुखैरेनी–गोरखा सडक खण्ड अन्तरगत सदरमुकाम क्षेत्रको सडकको मर्मत सभ्भार भएको छ । सडक डिभिजन कार्यालय दमौलीले सडकको मर्मत सम्भार गरेको हो ।
मर्मत सभ्भारका लागि गत आर्थिक वर्ष करिव ७३ लाख रुपैया वजेट विनियोजन भएको थियो । मर्मत सभ्भार अन्तरगत विग्रिएको ठाउँका सडकको कालोपत्र अन्तरगत ५० प्रतिशत काम सकिएको जनाइएको छ । सडक मर्मतका लागि कपिल देउ कन्ट्रक्सनले जिम्मा पाएको कार्यालयका इन्जिनियर दिपेन्द्र पन्थले जानकारी दिए ।
हाल हरमटारी देखि लक्ष्मिवजार सम्मको सडक टालटुलको काम भइरहेको छ । उनका अनुसार समयमै काम सम्पन्न नभएपछि जरिवाना तिरेर ठेकेदार कम्पनीले काम गरिरहेको छ । अव बाँकी काम यहि चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक मर्मत सभ्भार, पर्खाल, नाला निर्माण, ग्याभिन लगायतका कामहरु भएको उनले बताए । सडक मर्मत सभ्भार अन्तरगत आवुखैरेनी गोरखा खण्डको नयाँ काम पनि शुरु गर्ने तयारी गरिएको छ ।