बेलडाडाँडामा खेलकुद मैदान निर्माण
बेलडाडाँडामा खेलकुद मैदान निर्माण
गोरखा ः गोरखा नगरपालिका–७ बेलडाँडामा ‘११ ए साइट’ क्षमताको खेलकुद मैदान निर्माण शुरु भएको छ ।
वडा कार्यलयको चालु आर्थिक वर्ष छुट्टाएको १० लाख वजेटबाट खेल मैदान निर्माण गपरिउको हो । ८० मिटर लम्वाई र ७५ मिटर चौडाइको खेलमैदान निर्माण शुरु गरिएको वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले बताए ।
‘वजेटले भ्याएसम्मको काम चालु आर्थिक वर्ष गर्छौ, आगामी आथिृक वर्ष पनि थप वजेट विनियोजन गरेर खेल मैदानको कामलाई निरन्तरता दिन्छौँ,’ उनले भने । मैदान सँगै स्टेडियम पनि बनाउने उद्देश्य राखिएको छ ।
‘डिपिआरका लागि पनि ५ लाख वजेट छुट्टाएका छौँ, छिट्टै यो कामको पनि शुरु हुन्छ,’ उनले भने । आवश्यक संरचना सहितको सुविधा सम्पन्न खेलमैदान निर्माण गर्न लागिएको जनाइएको छ ।