१० वटै वडामा घुम्ती पशु स्वास्थ्य शिविर
१० वटै वडामा घुम्ती पशु स्वास्थ्य शिविर
गोरखा ः पालुङटार नगरपालिकाले १० वटै वडामा पशु घुम्ती स्वास्थ्य शिविर संचालन शुरु गरेको छ ।
चालु आर्थिक वर्षको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत हाल सम्म चार वटा वडामा शिविर सम्पन्न भइसकेको छ । चैत १४ गते भित्र सवै वडामा पुगेर शिविर संचालन गरिसक्ने नरपालिकाको योजना छ ।
पशुहरुमा तौल घट्ने समस्या न्यूनिकरणका लागि औषधि वितरण, रेविज विरुद्ध कुकुर र विरालोलाई भ्याक्सीन लगाइएको तथा औषधि बितरण भएको नगरपालिकाको पशु सेवा शाखाका अधिकृत रामप्रसाद देवकोटाले जानकारी दिए ।
वुधबार पालुङटार नगरपालिका–३ मा भएको पशु स्वास्थ्य शिविरमा १ सय ४० जना पशुपन्छि किसानको सहभागीता रहेको थियो । त्यस्तै मंगलबार पालुङटार नगरपालिका–९ मा भएको पशु स्वास्थ्य शिविरमा २१०, चैत ५ गते वडा नम्वर २ मा भएको शिविरमा दुइ सय २०, वडा नम्वर ८ दुइ सय ८० जना पशुपालक किसान लाभान्वीत बनेका छन् ।