चैत २८ बाट यू–१३ फुटबल प्रतियोगिता
चैत २८ बाट यू–१३ फुटबल प्रतियोगिता
गोरखा ः गोरखा नगरपालिका–९ स्थित द ओसन क्लवको आयोजनामा यु–१३ राष्टिूय फुटबल प्रतियोगिता हुने भएको छ ।
द ओसन क्लवको कृत्रिम घासे मैदान हुने प्रतियोगितामा देश भरिका १२ वटा टिमले सहभागिता जनाउने द ओसन क्लवका सचिव सविन खत्रीले जानकारी दिए । चैत २८ गते देखि सुरु हुने प्रतियोगिता बैशाखको १ गते सम्म चल्ने खत्रीले बताए ।
प्रतियोगितामा द ओसन क्लव (गोरखा), जनजागृति युवा क्लव (सिमरा), द ओल्ड क्यापिटल मा वि (गोरखा), लक्ष्मी सामुदायिक शिक्षा सदन (गोरखा), समाज कल्याण खेलकुद केन्द्र(काठमाण्डौ), थ्री स्टार क्लव(ललितपुर), वालिङ युनाईटेड (स्याङजा), काकरभित्ता फुटबल टे«निङ सेन्टर (झापा) विराटनगर सिटि फुटबल क्लव (मोरङ), घोडाघोडी फुटबल एकेडेमी (कैलाली), क्यासी स्पोटस एकेडेमी चितवन र बाल्मिकि शिक्षा सदन चितवन रहेको क्लवले जनाएको छ ।
प्रतियोगितामा सहभागि टिमको लागि खाना, खाजा र स्थानिय यातायात सविधा आयोजकले व्यवस्था गर्नेे आयोजकले जनाएको छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइने छ ।प्रतियोगितामा विजेता टिमले २० हजार नगदको साथमा टूफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा उपविजेता बन्ने टिमले भन्ने १० हजार नगदको साथमा टूफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।