नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा नयाँ नेतृत्व
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा नयाँ नेतृत्व
गोरखा ः नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी गोरखाको ११ औँ अधिवेशनले रामवहादुर सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मोहन सिं वस्नेत, सचिवमा सुवास थापा, सहसचिवमा हरीराम ढकाल, कोषाध्यक्षमा बावुराम श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजु घर्ती, पदम गुरुङ, चन्द्रवहादुर गुरुङ, जिवन रोका, सन्दिप सुनार, रविन अधिकारी, सुर्यवहादुर केसी र कुमार सिर्मल चयन भएका छन् ।
आइतबार भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सचिव काजिराम रोका, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेश सदस्य शैलेस लामिछाने, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रविन श्रेष्ठ, जिफन्ट गोरखाका अध्यक्ष सुमन श्रेष्ठ, जिफन्ट नगर कमिटि अध्यक्ष डिल्लीराम भट्ट लगायतको सहभागीता रहेको थियो ।