जवरजस्ती करणीको छुट्टा÷छुट्टै घटनामा दुइ जना पक्राउ
जवरजस्ती करणीको छुट्टा÷छुट्टै घटनामा दुइ जना पक्राउ
गोरखा ः जवरजस्ती करणी उद्योगको आरोपमा गोरखा नगरपालिका–१० विरिञ्चोकका २२ बर्षिय मदन थापालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १० गते राती १३ बर्षिय बालिकालाई एकान्त स्थानमा भेट्न वोलाई जवरजस्ती करणी उद्योग गरेको भन्दै पिडितका आमा मार्फत आएको जाहेरी दरखास्तको आधारमा आरोपित पक्राउ परेका हुन् ।
आरोपितलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । सोमबार जिल्ला अदालत गोरखामा जवरजस्ती करणी उद्योग कसुर शिर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ५ बर्षिय नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका–१२ का १२ बर्षिय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चैत ८ गते बालिका एक्लै खेलिरहेको अवस्थामा जवरजस्ती करणी गरेको भन्दै पिडितका आमा मार्फत आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार आरोपित विरुद्ध जवरजस्ती करणी कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्धा दर्ता गरि निगरानी कक्षमा राखी अनुसन्धानका लागि म्याद थप अनुमति लिएको पनि प्रहरीले जनाएको छ ।