एसईईको पहिलो दिन १७ परीक्षार्थी अनुपस्थित
एसईईको पहिलो दिन १७ परीक्षार्थी अनुपस्थित
गोरखा ः माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन गोरखामा १७ परीक्षार्थी अनुपस्थित बनेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार तिन हजार ६ सय ६२ मध्ये १७ परिक्षार्थी अनुपस्थित भएका हुन् । एसईई आवेदन फर्म भरेका तिन हजार ६ सय ६२ मध्ये तिन हजार ६ सय ४५ जना परीक्षामा सहभागी वनेका छन् ।
एसइइका लागि १३४ विद्यालयका परीक्षार्थीका लागि जिल्ला भर २३ केन्द्र निर्धारण गरिएको छ । पहिलो दिनको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भएको समन्वय इकाईका प्रमुख सुवास आचार्यले बताए ।
परीक्षाका लागि तीन सय ९३ जना कर्मचारी परिचालन गरिएको छ । जिल्लाका दुइ विद्यालयका ५ दृष्टिविहिन र एक विद्यालयका १६ जना वहिरा विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् ।
देवी जलकुमारी मावि थुमिका ४ जनाले गण्डकी मावि आर्खेत र सरस्वती मावि आहालेका १ जना दृष्टिविहिनले सोहि विद्यालयबाट परीक्षामा सहभागी बनेका छन् । वहिरा माविका १६ जना विद्यार्थी रत्नराज्य मावि विरेन्चोक केन्द्रबाट एसईईमा सहभागी वनेका छन् ।