पालुङटार नगरपालिकालाई एम्वुलेन्स हस्तान्तरण
पालुङटार नगरपालिकालाई एम्वुलेन्स हस्तान्तरण
गोरखा ः संभव नेपालले पालुङटार नगरपालिकालाई एम्वुलेन्स हस्तान्तरण गरेको छ ।
हिमालय एम्वुलेन्स परियोजना मार्फत मंगलबार पालुङटार नगरपालिकालाई एम्वुलेन्स हस्तान्तरण गरिएको हो । ‘ख’ वर्गको एम्वुलेन्स मंगलबार एक कार्यक्रमका विच संभव नेपालका उत्तम अधिकारीले पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनलाई हस्तान्तरण गरे ।
संभव नेपालले यस अघि ६ वटा पालिकालाई एम्वुलेन्स उपलब्ध गराएको थियो । ‘प्रक्रिया पुरा गर्दा हाम्रो पालिकामा केहि ढिला एम्वुलेन्स प्राप्त भएको छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भने । संभव नेपालले हिटर, डेलिभरी बेड, स्पाइनल बेड, ह्विल चियर लगायतका स्वास्थ्य सामग्री भने यस अघि नै नगरपालिकालाई उपलब्ध गराइसकको छ ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पालुङटार नगरपालिका प्रमुख विवस चिन्तन, उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, शिक्षा अधिकारी पुर्ण बहादुर नेपाली, वडाध्यक्ष, सभव नेपालका प्रतिनिधिहरु लगायतको सभागिता रहेको थियो । संभव नेपालले कोरोनाको समयमा पनि एम्बुलेन्स लगायत स्वास्थ्य सामग्री जिल्लाका विभिन्न स्थानीय तहलाई उपलब्ध गराएको थियो ।