दिन र दशा
दिन र दशा
मनिषा नेपाली
गो.न.पा.–८, सिमलगैरी
कालो आकास कालो बादल
अध्याँरो यात्रा शुनसान जगत्
धुर्मुराउदै थिए आखाँ
बाटो मुड्यो जीवन हरायो ।
जीवन जगत् ब्ल्याक होल
न विउँझने शरिर हराएको बोल
जगतबाट जीवन हरायो
जिम्मेवारीबाट काँध हरायो ।
श्रापित थियो साधन
श्रापित थियो सडक
त्रिशुलिले काख थाप्यो
आफ्नाबाट आफन्त हरायो ।
कल्पना हैन यथार्थ थियो
उज्यालो होइन अध्यारो थियो
अकालको चपेटा भुमरी घुम्यो
डुबल्की मा¥यो जीवनको चल्ती हरायो ।
कच्चि होइन सडक कुच्चिएको
रातो, तातो रगतमा पल्किएको
सडकमा रगत खोली पानीमा रगत
सधैको लागि साथिको साथ हरायो ।
अनन्तको निन्द्रा थियो
निन्द्रा निन्द्रामै जीवन गयो
दिन र दसा कस्तो थियो
देख्दै गरेको अनगिन्ति सपना हरायो ।