आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आइपुग्यो
आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आइपुग्यो
गोरखा ः आगामी शैक्षिक सत्रमा वितरणका लागि जिल्लामा झण्डै तिन हजार सेट पुस्तक आइपुगेको छ ।
मंगलबारबाट पुस्तक वितरण शुरु गर्ने पुस्तक ब्यवसायीले तयारी गरेका छन् । गोरखा बजार क्षेत्रबाट शहिद लखन र पालुङटारको केहि भाग सहित गोरखा नगरपालिका, भिमसेन थापा र अजिरकोट गाउँपालिकामा पुस्तक वितरण हुदै आएको छ । त्यस्तै आरुघाट क्षेत्रका पुस्तक पसलबाट आरुघाट सहित धार्चे र चुमनुव्री गाउँपालिकामा पुस्त वितरण हुन्छ ।
‘आरुघाट क्षेत्रमा करिव १५ सय र गोरखा वजार क्षेत्रमा १५ सय पुस्तक आइपुगेको छ,’ पुस्तक तथा स्टेशरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव समेतm रहेका ब्यवसायी प्रदिप खनालले भने । गण्डकी गाउँपालिका क्षेत्रका विद्यालयमा भने चरौदीका पुस्तक ब्यवसायीले पुस्तक पठाउने गरेका छन् ।
पालुङटार तथा शहिद लखनका केहि भागमा आवुखैरेनीबाट पनि पुस्तक पुग्ने गर्छ । ‘अहिले पुस्तक सटेज छैन, वार्षिक परिक्षाको परिक्षाफल पनि प्रकाशित भइरहेको छ,’ उनले भने,‘भर्ना दरको आधारमा जिल्लामा कति पुस्तक चाहिन्छ एकिन हुन्छ ।’
जनक शिक्षा सामाग्री केन्द्रले चैत २८ भित्र सवै जिल्लामा किताव पुग्ने बताएको छ । भर्ना सँगै विद्यार्थीले किताव पाउने जनाइएको छ ।