महिला उद्यमीलाई वित्तिय साक्षरता
महिला उद्यमीलाई वित्तिय साक्षरता
गोरखाः महिला उद्यमीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा उद्योग वाणिज्य संघ गोरखा र एभरेष्ट बैक लिमिटेड गोरखा शाखा आयोजना तथा गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी समितिको संयोजनमा कार्यक्रम भएको हो ।
संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले अध्यक्षतामा भएको कार्यक्रममा नेस्नल बैकिङ ईस्टिच्यूट लिमिटेडका जगन्नाथ ढुंगेलले सहजीकरण गरेका थिए ।
एभरेष्ट बैक लिमिटेड गोरखा शाखाका शाखा प्रमुख सन्दिप खत्री, नेस्नल बैकिङ ईस्टिच्यूट लिमिटेडका नारायण गौतम, गोरखा उद्योग वाणिज्य संघका कार्यसमिति, गोरखा उद्योग वाणिज्य संघका महिला उद्यमी विकास समितिका कार्यसमिति तथा महिला उद्यमीहरुको सहभागीता रहेको थियो ।