अब आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट चल्ने

अब आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट चल्ने


बुधबार, चैत्र २८, २०८०


अब आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट चल्ने

मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा पर्ने मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ ।

२ वैशाखदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्न आँबुखैरेनी गाउँपालिकाले ९ पुसमा बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालन सम्झौता गरिसकेको छ ।



२ वैशाखमा उक्त मोटरबोट सेवाको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उक्त जलाशयमा तत्काल १ करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको सञ्चालक ढकालले बताए ।

नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने छ ।

मोटरबोट सञ्चालनले मर्स्याङ्दीलाई आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ ।

जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने आँबुखैरेनी गाउँपालिका अध्यक्ष चुमानले बताए ।

पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनको भनाइ छ ।

कम्पनीले थप ३ करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा बिच रेस्टुरेन्ट, फ्लोटिङ डेक, रिभर भ्यु प्वाइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहित संरचना निर्माण गर्ने योजना बनाएको छ ।

यसअघि नेपालगञ्ज वाटरपार्क, चितवन नारायणघाट र देवघाट साथै सर्लाही भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेत बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न प्रतिव्यक्ति २ सय ५०, १० देखि १२ मिनेट ५ सय र १५ देखि २० मिनेटसम्म सयर गर्न प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ ।

स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दुरीमा छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ । ःअनलाइन खबरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda