भलिवलको फाइनल खेल आज
भलिवलको फाइनल खेल आज
गोरखा ः हरमटारी खेलकुद मैदानमा जारी भलिबल प्रतियोगितामा महिला तर्फ शहिद लखन र बारपाक सुलिकोट गाउँपालिका फाइनल पुगेका छन् ।
पुरुष तर्फ भने शहिद लखन गाउँपालिका फाइनलमा पुगेको छ । गोरखा नगरपालिका–६ स्थित हरमटारी खेल मैदानमा जारी प्रतियोगीतामा महिला तर्फ शहिद लखनले भिमसेन थापा गाउँपालिकालाई हराउदै फाइनल पुगेको हो भने बारपाक सुलिकोट पालुङटार नगरपालिकालाई हराउदै फाइनले पुगेका छ । त्यस्तै पुरुष तर्फ शहिद लखन गाउँपालिकाले अजिरकोट गाउँपािलकालाई ३ सेटको जितमा हराउँदै फाइनल पुगेको हो ।
बारपाक सुलिकोट र भिमसेन थापा गाउँपालिका विच भएको सेमिफाइनल खेल भने मौसमको कारण रोकिएको छ । उत्त खेल शुक्रबार विहान ७ बजेबाट हुने छ । आज(शुक्रबार) महिला तर्फ पालुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिका तेस्रो स्थानका लागि खेल्ने छन् । प्रतियोगिता बेस्ट अफ ५ मा भएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमले क्रमस ७० हजार, ४० हजार, २५ हजार र १५ हजार नगदको साथमा टूफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।