यू–१३ राष्ट्रिय फुटबलको उपाधि क्यासी स्पोट्स एकेडेमीलाइ
यू–१३ राष्ट्रिय फुटबलको उपाधि क्यासी स्पोट्स एकेडेमीलाइ
गोरखा ः गोरखा नगरपालिका–९ स्थित द ओसन क्लवको आयोजनामा भएको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यासी स्पोटस एकेडेमीले जितेको छ ।
शनिबार द ओसन क्लवको कृतिम घाँसे मैदानमा क्यासी स्पोटस एकेडेमी र थ्री स्टार क्लव विच भएको खेल निर्धारीत समयमा १–१ गोलको बराबरी भए पछि पेलान्टी सुटआउटमा ३–२ गोल अन्तरले क्यासी स्पोटस एकेडेमी विजय बनेको हो ।
पहिलो बनेका क्यासी स्पोटस एकेडेमीले २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको थ्री स्टार क्लबले भने १० हजार नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सेमिफाइनलमा क्यासी स्पोटस एकेडेमी र जनजागृति युवा क्लव विच भएको खेलमा १–० गोल अन्तरले हराउदै क्यासी स्पोटस एकेडेमी फाइनलमा प्रवेश गरेको थियो भने थ्री स्टार क्लव र काकडभित्ता फुटबल टे«निङ सेन्टर विच भएको खेलमा ३–१ गोलले हराउदै थ्री स्टार क्लब फाइनलमा प्रवेश गरेका थिए ।
थ्री स्टार क्लबका सितल राइ प्रतियोगिता सर्वोत्कृष्ट खेलाडि भएका छन् । प्रतियोगिताको परुस्कार वितरण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना लगायतको उपस्थिति रहेको थियो ।