१८ औं पश्चिमकाली मेला सम्पन्न
१८ औं पश्चिमकाली मेला सम्पन्न
गोरखाः गोरखा नगरपालिका–५ स्थित पस्लाङमा १८ औँ पश्चिमकाली मेला सम्पन्न भएको छ ।
पश्चिमकाली तथा खड्ग देवी मन्दिर व्यवस्थापन एंव संरक्षण समितिले मेलाको आयोजना गरेको हो ।
‘गोरखा विकासमा पर्यटनको आधार, ओझेलमा परेको सम्पदाहरुको खोजी र प्रचार’ भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको थियो ।
कार्यक्रममा विविध सस्कृति कार्यक्रम, तथा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको थियो ।