फुटबल प्रतियोगितामा ८ खेल सम्पन्न
फुटबल प्रतियोगितामा ८ खेल सम्पन्न
गोरखाः पालुङटार नगरपालिका–९ स्थित सेरामा जारी फुटबल प्रतियोगितामा आइतबार ८ खेल सम्पन्न भएको छ । न्यू ट्रयाक एण्ड सेराली यूवा क्वल द्धारा दोस्रो चैते दशै मेला नक आउट फुटवल प्रतियोगिता आयोजना गरिएको हो ।
शनिबारबाट शुरु भएको प्रतियोगीता ४ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा २५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिम ५० हजार ५० रुपैया नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार २५ रुपैया नगदको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई एक हजार एक सय नगदको साथमा मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ । सोमबार (आज) वडा भित्रका भलिबल खेलाडीहरुलाई प्रोसाहन गर्नको लागि एक दिने भलिबल प्रतियोगिता पनि हुने भएको छ ।