मन्दिर पुननिर्माणको लागि जग खन्दा वर्षौ पुरानो इट्टा भेटियो

मन्दिर पुननिर्माणको लागि जग खन्दा वर्षौ पुरानो इट्टा भेटियो


मङ्लबार, बैशाख ४, २०८१


मन्दिर पुननिर्माणको लागि जग खन्दा वर्षौ पुरानो इट्टा भेटियो

गोरखाः गोरखा नगरपालिका–१० छेवेटार स्थित महादेवटारीमा मन्दिर निर्माणका लागि जग खन्ने क्रममा पुराना इट्टाहरु भेटिएका छन् ।

लट्टेश्वर महादेव मन्दिर पुननिर्माणका लागि जग खन्दा वर्षौ पुरानो इटा भेटिएपछि स्थानीयले यसको ऐतिहासिकता वारे सोधखोज शुरु गरेका छन् । पुरातत्व विभाग सँग पनि इट्टाको वारेमा सोधिखोजी गरिएको महादेवस्थान संरक्षण तथा विकास समितिका अध्यक्ष कमल पोखरेलले बताए ।



‘असोजमा सप्ताह लगाएर केहि रकम संकलन गरि मन्दिर निर्माण शुरु गरेका थियौँ, फागुन २ गते साइत जुराएर जग खन्न शुरु गर्दा इट्टा भेटियो,’ उनले भने,‘मन्दिर निर्माण स्थलमा पिपलको रुख थियो, पिपलको रुखको जरा भरी इट्टा भेटियो ।’ जग खनेको स्थलमा वर्षौ पुरानो इटाको भग्नावशेष भेटिएको हो ।

जग खनेको क्षेत्रमा प्रसस्त इटाहरु भेटिएपछि खोजविन शुरु गरिएको उनले बताए । ‘पातलो इट्टा छ, खन्दै जाँदा गाह्रोहरु लगाएको जस्तो भग्नावशेषहरु भेटिएका छन्,’ उनले भने । पुराना इट्टाका भग्नावशेष भेटिएपछि अहिले निर्माण कार्य रोकिएको छ । ‘अहिले काम रोकेर यो इटाको वारेमा वुझ्दै छौँ,’ उनले भने । उत्त जग्गा लट्टेश्वर महादेवको गुठीमा दर्ता रहेको छ ।

सिर्दि र दरौदीको दोभान नजिकैको क्षेत्रमा २६ रोपनी क्षेत्रफलको जग्गामा मन्दिर सहित विभिन्न संरचना निर्माण भइरहेका छन् । उत्त जग्गा १९९५ साल अघि नै नापी भएको स्थानीय मेघराज रेग्मी बताउँछन् । कतिपय स्थानीयले भने पृथ्वीनारायण शाहकालिन संरचनाको अवशेष रहेको हुनसक्ने पनि बताएका छन् ।

पृथ्वीनारायण शाह जलकृडा गरि आराम गर्ने ठाउँको रुपमा उत्त स्थललाई प्रयोग गरेको किंवदत्ति पनि सुन्दै आएको स्थानीय बताउँछन् । उत्त स्थानमा जलधारा गर्ने प्रचलन पनि रहदै आएको स्थानीय हिराकाजी श्रष्ठले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda