गण्डकी प्रदेशको जिल्ला स्तरीय भलिवल प्रतियोगीता हुने
गण्डकी प्रदेशको जिल्ला स्तरीय भलिवल प्रतियोगीता हुने
प्रतियोगीतामा गोरखाबाट सहभागी हुने खेलाडी छनौट
गोरखाः बारपाकमा वैशाख १० देखि १२ गते सम्म पुरुष तथा महिला भलिवल प्रतियोगीता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समितिको समन्वय तथा प्रदेश समितिको आयोजनामा गण्डकी प्रदेश जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुन लागेको हो । समितिको बार्षिक कार्यक्रम अन्तर्गत यस वर्षको प्रतियोगिता बारपाकमा हुन लागेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्ला टिमले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं वस्नेतले जानकारी दिए ।
प्र्रतियोगिता लिकम नकआउट प्रणालिबाट खेलाइने उनले बताए । प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ १२ जना खेलाडीले सहभागीता जनाउने छन् । प्रत्येक जिल्लाबाट २४ जना खेलाडी तथा साथमा ५ जना व्यवस्थापक टिम रहने छन् । ‘११ जिल्लाबाट तिन सय १९ जनाको सहभागीता रहने छ,’ उनले भने ।
प्रतियोगितामा प्रथम हुने महिला र पुरुष दुवै टिमले एक÷एक लाख नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने टिमलाई क्रमश ७५ हजार, ४० हजार नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटरलाई दस÷दस हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा गोरखाबाट सहभागी हुने महिला र पुरुष तर्फ १२÷१२ जना खेलाडी छनौट पनि गरिएको छ । जिल्ला भलिबल संघ गोरखाको आयोजनामा भएको अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सहभागी मध्येबाट खेलाडी छनौट गरिएको हो । खेलाडीको प्रदर्शनको आधारमा बारपाक सुलिकोट गाउँपािलकामा हुने गण्डकी प्रदेश जिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि खेलाडी छनोट गरिएको हो ।
छनौट भएका खेलाडीलाई अभ्यास पनि गराउन थालिएको जिल्ला भलिबल संघका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । पुरुष तर्फ शहिदलखन गाउँपालिकाका होम बहादु थापा टिम क्याप्टेन रहेका छन् भने शहिदलखन गाउँपालिकाका शिशिर पन्त, प्रितम थापा, केशर बहादुर परियार, करुण गुरुङ, भिमसेन थापा गाउँपालिकाका विजन बराम, उत्सब श्रेष्ठ, अभिनेक बराम, आरुघाट गाउँपालिकाका रुकेश गुरुङ, गडण्की गाउँपालिका का अर्जुन खतिबडा, धार्चे गाउँपालिकाका जिवन गुरुङ र बारपाक सुलिकोटका कविराज बिक छनौट भएका छन् ।
त्यस्तै महिला तर्फ बारपाक सुलिकोट गाउँपालिकाका संगिता बराम, विमला गुरुङ, पुजा गुरुङ, सर्मिला गुरुङ, विनिता गुरुङ, छितिज तामाङ, शहिदलखन गाउँपालिकाका स्मृती परियार, जुनि थापा, आकृती थापा, धार्चे गाउँपालिकाका सुनिता गुरुङ, भिमसेनथापा गाउँपालिकाका मातृका बराम र पालुङटार नगरपालिकाका करिना श्रेष्ठ छनोट भएका छन् ।