उत्तरी नाका खोल्न पहल
उत्तरी नाका खोल्न पहल
गोरखाः चिन सरकारले उत्तरी गोरखाका दुइ सहित देशभरका सात वटा नाका खोल्नका लागि पराराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।
कोभिड महामारीको कारण देखाउँदै चुमुनुव्री गाउँपालिका–१ सामागाउँको रुइला र वडा नम्वर ७ छेकम्पारको ङुइला नाका चार वर्ष यता वन्द छन् । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण गएको बेला देशभरका विभिन्न १४ वटा नाका खोल्ने सहमति भएको थियो ।
उपप्रधान तथा पराराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले हालै सम्पन्न गरेको चीन भ्रमणको क्रममा पनि नाका खोल्ने वारे छलफल भएको थियो । नाका खोल्नका लागि चिनले अग्रसरता लिएको हो । चिनले एक महिना अघि पत्र पठाएपनि प्रक्रिया अघि भने वढेको छैन । नाका खोल्ने वारे आन्तरिक तयारी भइरहेको र प्रक्रिया छिट्टै अघि वढ्ने जनाइएको छ ।
तिब्बती नाका बन्द हुँदा चुमनुब्री गाउँपालिकाका बासिन्दा दैनिक उपभोग्य सामग्री महंगो भाडा तिरेर आरुघाट, आर्खेतबाट खच्चडमार्फत उपभोग्य सामाग्री ढुवानी गरेर लैजाने गरेका छन् । तल्लो बजारबाट सामान ओसार्न तीन दिनभन्दा धेरै लाग्ने स्थानीयहरुकोे भनाइ छ ।
नाका खुल्दा तिब्बतको वजारबाट स्थानीयले उपभोग्य सामाग्री खरिद गर्ने गर्थे । आफ्नै याक, चौँरी, घोँडामार्फत ढुवानी गरेर सामान ल्याउन पाउँदा सस्तोमा सामान उपभोग गर्न पाउने स्थानीयबासीको भनाइ छ ।