एक युवक मृत भेटिए
एक युवक मृत भेटिए
गोरखाः शहिद लखन गाउँपालिका–३ सिलिङका १८ बर्षिय अमन गुरुङ मृत भेटिएका छन् ।
तनहुँको आवुखैरेनी गाउपालिका–३ आवुँमा वुधबार गुरुङ मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि ७ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आवुखैरेनीले जनाएको छ ।
आवुखैरेनीबाट छिम्केश्वरी जाने सडक नजिकै युवक मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।