नेपाल शिक्षक महासंघको अध्यक्षमा काप्री
नेपाल शिक्षक महासंघको अध्यक्षमा काप्री
गोरखा ः नेपाल शिक्षक महासंघको अध्यक्ष चुणमणी काप्री निर्वाचित भएका छन् ।
शनिबार भएको दोस्रो अधिवेशनले महालक्ष्मी मावि लक्ष्मिवजारका प्रध्यानाध्यापक समेत रहेका काप्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो । अन्य पदाधिकारी तथा सदस्यको भने छिट्टै पुर्णता पाउने काप्रीले बताए । त्यस्तै अधिवेशनले राष्ट्रिय प्रतिनिधि पनि छनौट गरेको छ । शिव थापा, मोहन सापकोटा, साधना त्रिपाठी, देवका भट्टराइ, उत्तरनारायण श्रेष्ठ, गोपाल वावु मरहट्टा र काप्री केन्द्रिय प्रतिनिधिमा छनौट भएका छन् ।