डढेलो नियन्त्रणका लागि कृतिम अभ्यास
डढेलो नियन्त्रणका लागि कृतिम अभ्यास
गोरखाः शसस्त्र प्रहरी र गोरखा नगरपालिकाको आयोजनामा गोरखा नगरपालिका–१० मा बन डढेलो तथा आगोलागी नियन्त्रण कृतिम अभ्यास भएको छ ।
शुक्रबार भएको कार्यक्रममा शसस्त्र प्रहरीले डढेलो नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम गरेको हो । सुख्खा मौसम शुरु भएसँगै वन तथा वस्तीमा लाग्ने डढेलो नियन्त्रणका लागि घरेलु उपायका वारेमा सचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा वन क्षेत्रमा अग्नी रेखा निर्माण गर्ने, आकस्मीक रुपमा ग्याँस लिक भए मा आगो कसरी नियन्त्रण गर्ने लगायतका विषयमा सचेतना दिइएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, शसस्त्र प्रहरीका डिएसपी सुमन वोगटी लगायतले मन्तब्य राखेका थिए ।